भारतमा नेपालीको मृत्यु : राहतका लागि कूटनीतिक पहल गर्न सरकारसँग प्रचण्डको आग्रह
मङ्सिर २३, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनेको बताएका छन् । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गरेका हुन् । ‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,
सबै पढ्नुहोस