नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने
मङ्सिर २२, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा योजना गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुनेछ। यसअघि मंसिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।
सबै पढ्नुहोस