×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा

सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा

काठमाडौँ । सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१र८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो । 

उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ । 

बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४.१९ किलोग्राम सुन छ । त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको छ । 

प्रतिकृया दिनुहोस्