×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

धनकुटा कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

धनकुटा । धनकुटा सदरमुकाममा रहेको जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । जिल्लामा रहेका प्रहरीहरू २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिँदा जनशक्ति कम हुने भएकोले जिल्ला कारागार कार्यालय धनकुटाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

धनकुटास्थित भिमदल गणबाट खटिएको सेनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णय अनुसार धनकुटा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।

भिमदल गण सल्लेरी ब्यारेक धनकुटाले धनकुटा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हाली सकेको जनाएको छ । सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको छ ।

निर्वाचन अवधिभर सेनाले कारागारको जिम्मा लिएको भिमदल गण धनकुटाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक शरतकुमार थापा क्षत्रीले निर्वाचन अवधि भरिका लागि मात्रै नेपाली सेनाले कारगारको सुरक्षाको जिम्मा लिएको जानकारी दिए ।

उनले निर्वाचनमा प्रहरी अन्यत्र खटिनुपर्ने भएकाले सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको जानकारी दिए । उनले जिल्लामा रहेका मतदान केन्द्रको वर्गिकरणको आधारमा प्रहरी खटाइने जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस्