×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।

चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले बिहीबार खारेज गरेको थियो । 

प्रतिकृया दिनुहोस्