×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिए

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिए

काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् । आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको हो ।

उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्