×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

क्यूएफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता

क्यूएफएक्सले दियो ‘जारी २’ लाई सुपरहिटको मान्यता

काठमाडौं । मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फिल्म ‘जारी २’ लाई सुपरहिट फिल्मको मान्यता दिएको छ । यद्यपी, यो मान्यताले अन्य हलको प्रतिनिधित्व भने गर्दैन । शुक्रबार दिउँसो क्यूएफएक्सको वेबसाइटमा ‘जारी २’ लाई सुपरहिट ट्याग दिइएको छ ।

चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा उपेन्द्र सुब्बा निर्देशित र अभिनित फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको क्यूएफएक्सको माउ कम्पनी टीम क्वेस्टले जनाएको छ ।

आफ्ना हलमा कुनै फिल्मले पहिलो सप्ताहन्त (विकेन्ड)मा १ करोड ५० लाख रुपैयाँ ग्रस कमाए त्यसलाई ‘ब्लकबस्टर’ र कुनै फिल्मले पहिलो साता सोही बराबरको कमाइ गरे त्यसलाई ‘सुपरहिट’ घोषणा गर्ने क्यूएफएक्सको मापदण्ड छ ।

तर, कुनै पनि फिल्मले अहिलेसम्म ब्लकबस्टरको मापदण्ड हासिल गर्न सकेका छैनन् ।

हलमा तोकिएको कमाइ पुरा गरेमा अटोमेटिकरुपमा वेबसाइटमा ट्याग देखापर्ने टिम क्वेस्टको भनाइ छ । अहिले देशभर क्यूएफएक्सका १६ हल र ३८ पर्दा छन् ।
 

प्रतिकृया दिनुहोस्