×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ खुल्यो

स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कालंगा हाइड्रोपावरको आईपीओ खुलेको छ ।

कम्पनीले सर्वसाधारण समूहमा जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्कासन गर्दैछ । जसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि निष्कासन सुरु भएको हो । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

प्रभावित क्षेत्रका रुपमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ र ५, बित्थडचिर गाउँपालिका वडा नम्बर ६ र ८, बुंगल नगरपालिकाको वडा नम्बर ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ पर्दछन् ।

प्रभावितले छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५० हजार कित्ता सेयर निष्कासन भएको छ । वैदेशिक रोजगारमा रहेकाले चैत १५ सम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० तथा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङबाट कम्पनीले बीबी प्लस रेटिङ पाएको छ । जसले दायित्व वहनमा मध्यम जोखिम रहेको संकेत गर्दछ। बझाङमा कम्पनी १५।३३ मेगावाटको कालंगागाड आयोजना बनाएको छ । जसको कुल लागत ४ अर्ब ३३ करोड तथा प्रतिमेगावाट लागत २८ करोड ३० लाख रुपैयाँ छ ।

प्रतिकृया दिनुहोस्