×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो

विश्व बजारमा कच्चा तेलको मूल्य १३ प्रतिशतले घट्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशत गिरावट आएको छ । ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमा आक्रमण नगर्ने बताएका थिए ।

‘ट्रुथसोसल’ मा सबै ठूला अक्षरहरूमा गरिएको एउटा पोस्टमा उनले भनेका थिए, ‘म यो जानकारी गराउन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र इरान देशबीच विगत दुई दिनमा मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानका सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।’

उनले अगाडि थपेका थिए, ‘यी गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आशय र स्वरको आधारमा, जुन हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी ऊर्जा केन्द्रहरू र ऊर्जा पूर्वाधारहरूविरुद्ध हुने कुनै पनि र सबै सैन्य आक्रमणहरू पाँच दिनको अवधिका लागि स्थगित गर्न निर्देशन दिएको छु, जुन चलिरहेको बैठक र छलफलहरूको सफलतामा निर्भर हुनेछ। यस विषयमा तपाईंहरूको ध्यानाकर्षणका लागि धन्यवाद ! राष्ट्रपति डोनाल्ड जे. ट्रम्प ।’

ट्रम्पको यही बयानपछि विश्व बजारमा ब्रेन्ट क्रूड आयलको मूल्य १३ प्रतिशतले घटेर ९६ डलर प्रतिब्यारलमा झरेको छ ।

यस्तै ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घछेर १३९ पेन्समा पुगेको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्