×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेले फिर्ता लियो रुकुमपूर्वमा प्रलोपाका सन्दीपलाई दिएको समर्थन

एमालेले फिर्ता लियो रुकुमपूर्वमा प्रलोपाका सन्दीपलाई दिएको समर्थन

काठमाडौँ । नेकपा एमालले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि भएको सहमति अनुसार एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, नयाँ समहमति गर्दै पुनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

रुकुमपूर्वमा एमालेका लिलामणि गौतम उम्मेदवार छन् । २०८२ माघ १८ गते भएको सहमतिलाई दुवै दलले संशोधन गर्दा एमालेले रुकुमपूर्वमा दिएको समर्थन फिर्ता लिएको हो ।

नयाँ सहमतिपत्रमा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन् ।

नयाँ सहमतिमा कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा प्रलोपाले एमालेका उम्मेदवारलाई समर्थन गर्ने छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । कांग्रेसबाट कुसुमदेवी थापा र रास्वपाबाट लखनकुमार थापालगायत ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिकृया दिनुहोस्