×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन् । 

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् । 

संयोजक प्रचण्डले देश आफूहरूले भनेतिरै गइरहेको र निर्वाचनको माहोलमा देश गइसकेको भएपनि एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको र अर्को थरीले निर्वाचनलाई क्याप्चर नै गर्न खोजिरहेको पनि बताए । 

‘मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ’, प्रचण्डले भने, ‘तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहेनत गर्‍यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ ।’

उनले नेकपा एक नम्बर पार्टी हुन सके आउने ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्‍याउन सकिने बताए ।

प्रतिकृया दिनुहोस्