×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमा १० लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्काशन गरिसकेको छ ।

कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि ५० हजार कित्ता सेयर सुरक्षित राखेर बाँकी बिक्रीमा ल्याएको छ । ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ माघ १५ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले सम्हालेको छ ।

प्रतिकृया दिनुहोस्